बुधबार, वैशाख १६, २०८३

भारतबाट सहयोगको दोस्रो खेप आइपुग्यो

 |  सोमबार, कात्तिक २०, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

भारत सरकारले नेपालका भूकम्प प्रभावितका लागि आपत्कालीन राहत सहयोग सामग्रीको दोस्रो खेप हस्तान्तरण गरेको छ।

National life

भारत सरकारका तर्फबाट काठमाडौँस्थित राजदूतावासका उपप्रमुख प्रसन्न श्रीवास्तवले नेपालगञ्जका प्रमुख प्रशान्त विष्टको उपस्थितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई राहत सामग्री हस्तान्तरण गरेका हुन्।

अत्यावश्यक चिकित्सा तथा सरसफाइ सामग्री, त्रिपाल, स्लिपिङ ब्याग र कम्बल सहितको नौ टन राहत सामग्री भारतीय वायुसेनाको विशेष विमान सी-१३० ले नेपालगञ्ज ल्याएको थियो।

उक्त राहत सामग्री हस्तान्तरण यही कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पपछि नेपाल सरकारलाई सहयोग गर्ने भारत सरकारको प्रयासको एक हिस्साका रूपमा रहेको दूतावासको भनाइ छ।

त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लिपिङ ब्याग, अत्यावश्यक औषधी र चिकित्सा उपकरण सहितको ११ टनभन्दा बढी आपत्कालीन राहत सामग्रीको पहिलो खेप भारतले नेपाल सरकारलाई कार्तिक १९ गते हस्तान्तरण गरेको थियो।

kumari

प्रकाशित: Nov 06, 2023| 21:18 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्