बुधबार, वैशाख १६, २०८३

इजरायली बमबारीमा मारिनेको संख्या १० हजार २२२ पुग्यो

 |  सोमबार, कात्तिक २०, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ यता इजरायली बमबारीमा मृत्यु हुनेको संख्या १० हजार २२२ पुगेको जनाएको छ।

National life

अमेरिकी राष्ट्रपतिसहित धेरै नेताहरूले हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको तथ्यांकमाथि प्रश्न उठाएका छन्। विश्व स्वास्थ्य सङ्गठनले भने यी तथ्याङ्कहरूलाई विश्वसनीय भएको बताएको छ।
आइतबार राति इजरायली सेनाले गाजामा ठूलो हवाई हमला गरेको थियो। सेनाले विज्ञप्ति जारी गर्दै हमासको सैन्य कम्पाउण्ड सहित सयौं लक्ष्यहरूलाई निशाना बनाएको बताएको छ। 

गाजामा कार्यरत राष्ट्रसंघीय राहत एजेन्सीहरूले मृत्यु हुनेमा हजारौं बालबालिका पनि रहेको बताएका छन्। गाजाका अन्य सरकारी एजेन्सीहरू जस्तै- स्वास्थ्य मन्त्रालय पनि हमासको नियन्त्रणमा छ।

अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो जसमा १ हजार ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। त्यसयता इजरायलले लगातार गाजमा आक्रमण गरिरहेको छ।

प्रकाशित: Nov 06, 2023| 20:32 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्