बुधबार, वैशाख १६, २०८३

चीनले रसुवागढी नाकाबाट पठायो भूकम्पपीडितलाई राहत सामग्री

 |  सोमबार, कात्तिक २०, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

काठमाडौं- उत्तरी छिमेकी चीनले गत शुक्रबारको भूकम्पका कारण विचल्लीमा परेका जाजरकोटसहितका पीडितहरूका लागि १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री पठाएको छ।

National life

काठमाडौंस्थित चिनियाँ राजदूत छन् सोङले सोमबार झिलाङ-रसुवागढी नाका हुँदा उक्त मूल्य बराबरको पहिलो लटको राहत सामग्री नेपालतर्फ आइसकेको जानकारी दिए। राजदूत सोङका अनुसार यो राहत सामग्रीमा २ हजार ३०० टेन्ट, २ हजार कम्बल, ७०० थान त्रिपाल, ५०० स्प्रेयर सामेल छन्।

राजदूत सोङले ती राहत सामग्रीहरू सीधै जाजरकोट र रुकुम पश्चिमसहितका भूकम्पपीडितहरूलाई पठाइने जानकारी दिएका छन्।  चीनले भूकम्पपीडितका लागि अझै राहत सामग्री पठाउने जनाएको छ। उसले थप राहत सामग्री आउने क्रममा रहेको उल्लेख गरेको छ। 

चिनियाँ राजदूत सोङले नेपालको प्राकृतिक विपत्‍को यो घडीमा सबैजना मिलेर संकटलाई टारेर अघि बढ्ने बताए। उनले भूकम्पपीडितको घर पुनर्निर्माणमा पनि सघाउने बताएका छन्।

kumari

सोमबार मात्रै राजदूत सोङले प्रधानमन्त्री पुष्कपमल दाहाल प्रचण्डलाई भेटेका थिए। उक्त भेटमा भूकम्पपीडितलाई राहत र पुनर्निर्माणका विषयमा दुईजनाबीच कुरा भएको थियो।

शुक्रबार गएको भूकम्पको क्षतिबारे जानकारी पाउनासाथ शनिबार चीनले १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री दिने घोषणा गरेको थियो।

आइतबार मात्रै भारतले पनि नेपालका लागि राहत सामग्री सेनाको विशेष जहाजबाट नेपालगञ्जबाट पठाएको थियो। भारतले पनि उक्त राहत सामग्री पहिलो खेप भएको बताउँदै थप पठाउने जानकारी दिएको थियो।

प्रकाशित: Nov 06, 2023| 19:09 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्