बुधबार, वैशाख १६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • जग्गाको राजस्व हिनामिना गरेको भन्दै १० जनाविरुद्ध मुद्दा दर्ता 

जग्गाको राजस्व हिनामिना गरेको भन्दै १० जनाविरुद्ध मुद्दा दर्ता 

 |  सोमबार, कात्तिक २०, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

National life
kumari

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा किनबेचका क्रममा विभिन्‍न लिखतबाट उठेको राजस्व रकम रजिष्ट्रेशन दस्तुर र पुँजीगत लाभकर नियमानुसार दाखिला नगरी हिनामिना गर्ने मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसमेत १० जनामाथि राजस्व चुहावट गरी भ्रष्टाचार गरेको दाबीसहित सोमबार आरोपपत्र दायर गरेको छ।

 आर्थिक वर्ष २०७१-७२ मा मालपोत कार्यालय, पर्साको रजिष्ट्रेशन फाँट ‘ग’ बाट जग्गा किनबेचको एकै रजिष्ट्रेशन नम्बर राखी लिखत पारित गरी उठाएको राजस्व दाखिला नगरी हिनामिना गरेको भ्रष्टाचारजन्य कसुरमा उनीहरुलाई सजाय हुन माग दाबी लिई विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।
 

प्रकाशित: Nov 06, 2023| 19:30 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्