बुधबार, वैशाख १६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • टिकटकमा सरकारले बढायो निगरानी, चरित्र हत्याका दैनिक ५० उजुरी 

टिकटकमा सरकारले बढायो निगरानी, चरित्र हत्याका दैनिक ५० उजुरी 

 |  सोमबार, कात्तिक २०, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

काठमाडौं- सरकारले सामाजिक सञ्‍जाल प्लेटफर्म टिकटकको दुरुपयोग बढेको भन्दै निगरानी बढाएपछि उजुरी दिनेहरुको संख्या पनि बढेको छ। गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै सामाजिक सञ्जाल टिकटकलाई नियमन गरिने बताएको थियो। 

National life

साइबर ब्युरोका एसपी पशुपतिकुमार रायले पछिल्लो समय सामाजिक सञ्जालका अरू माध्यमभन्दा टिकटकमार्फत आपराधिक गतिविधि बढेको बताएका छन्। पछिल्लो समय टिकटकमार्फत चरित्र हत्यादेखि विभिन्न आरोपमा दैनिक ५० भन्दा बढी उजुरी पर्न थालेपछि प्रहरी गम्भीर भएको उनले बताए।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा 'सामाजिक सञ्जाल व्यक्तिगत जीवनको अभिन्न अंगजस्तै भए पनि सामाजिक सञ्जालमा सम्प्रेषण हुने गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्छ। कतिपय कुराले व्यक्तिको चरित्र हत्या हुन पुगेको' उल्लेख छ। 

टिकटकमार्फत विशिष्ट व्यक्तिको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक र सद्भाव बिगार्ने खालका गतिविधि बढेको भन्दै त्यस्ता सामग्री हटाउने र पोस्ट गर्ने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने गृहको तयारी छ।

त्यसका निम्ति नेपाल प्रहरीको साइबर ब्युरो र टिकटकको कार्यालय सिंगापुरका प्रतिनिधिसँग छलफल समेत गरिएको छ। पछिल्लो समय टिकटकमार्फत अश्लील खालका भिडियो समेत सम्प्रेषण गर्न थालेको देखिन्छ।

kumari

प्रकाशित: Nov 06, 2023| 18:59 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्