सोमबार, वैशाख ८, २०८२

विश्वकपमा पराजित भएपछि श्रीलंका क्रिकेट बोर्ड बर्खास्त

 |  सोमबार, कात्तिक २०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

vianetvianet

कोलम्बो- विश्वकपमा भारतसँगको शर्मनाक हारको केही दिनपछि श्रीलंकाका खेलमन्त्री रोशन रणसिङ्घेले सोमबार राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गरेका छन्। व्यापक भ्रष्टाचारको आरोपमा महिनौँदेखि आर्थिक सङ्कटमा परेको मुलुकको सबैभन्दा धनी खेल संस्था श्रीलंका क्रिकेट बोर्ड र मन्त्रीबीच विवाद कायम छ। 

triton college

श्रीलंकाको सन् १९९६ विश्वकप विजेता कप्तान ५९ वर्षीय अर्जुना रणतुङ्गालाई नयाँ अन्तरिम बोर्डको अध्यक्षमा नियुक्त गरिएको खेलमन्त्रीको कार्यालयले जनाएको छ। 

कोलम्बोमा मन्त्री रणसिङ्घले भने, 'पूर्वकप्तान रणतुङ्गा क्रिकेटलाई पुनरजीवन दिन सबैभन्दा उपयुक्त व्यक्ति हुनुहुन्थ्यो, टिमलाई राम्रो प्रदर्शन गराउनु प्राथमिकता हो।' उनले भ्रष्टाचारको अनुसन्धानमा सहयोगका लागि सात सदस्यी प्यानलमा तीन जना न्यायाधीशलाई समावेश गरिएको जानकारी दिए।
    
रणतुङ्गाले क्रिकेट पुनरनिर्माणको चुनौती स्वीकार गरेको बताए। 'श्रीलंका क्रिकेटलाई देशको सबैभन्दा भ्रष्ट संस्थाका रूपमा चिनिन थालेको छ, म त्यो छवि परिवर्तन गर्न चाहन्छु', उनले भने। 

बोर्डका सचिव एवं दोस्रो सबैभन्दा ठूला अधिकारी मोहन डि सिल्भाले पदबाट राजीनामा दिएको एक दिनपछि बोर्डलाई बर्खास्त गरिएको हो। 

गत साता विश्वकपमा आयोजक भारतसँग श्रीलंकाको तीन सय दुई रनको हारपछि मन्त्री रणसिङ्घेले सार्वजनिकरूपमा सम्पूर्ण बोर्डको राजीनामा मागेका थिए। मुम्बईमा भारतको तीन सय ५८ रनको स्कोरलाई पछ्याउँदा श्रीलंका एक समयमा १४–६ को स्थितिमा थियो र ५५ रनमा अलआउट भयो। यो विश्व कपको इतिहासमा चौथो सबैभन्दा कम स्कोर हो। 

National life insurance

उक्त हारपछि सार्वजनिक आक्रोश बढ्यो र शनिबार आक्रोशित विरोध प्रदर्शन भएपछि कोलम्बोमा बोर्डको कार्यालयबाहिर प्रहरी परिचालन गरिएको थियो। 

मन्त्री रणसिङ्घेले श्रीलंका क्रिकेट अधिकारीहरूलाई पदमा बसिरहने कुनै नैतिक अधिकार नभएको बताए। उनले बोर्डमाथि ‘देशद्रोही र भ्रष्ट’ भएको आरोप लगाउँदै भने, 'तिनीहरूले स्वेच्छिक राजीनामा दिनुपर्छ।'


 

प्रकाशित: Nov 06, 2023| 21:20 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्