शनिबार, असार २८, २०८२

जाजरकोटमा नौ मिनेटमा चार म्याग्निच्युडमाथिका दुई परकम्प

 |  सोमबार, कात्तिक २०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

vianetvianet

काठमाडौं- जाजरकोटमा सोमबार अपराह्न नौ मिनेटको अन्तरमा चार म्याग्निच्युडमाथिका भूकम्पका दुई धक्का मापन गरिएको छ।

अपराह्न ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएको ५.८ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ।

त्यसको नौ मिनेटपछि अर्थात् अपराह्न ४ बजेर ४० मिनेटमा जाजरकोटकै पैंक आसपास केन्द्रविन्दु भएको ४.५ म्याग्निच्युडको धक्का मापन गरिएको केन्द्रले जनाएको छ।

गएको शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको छ। 

लगातार परकम्प गएपछि स्थानीयहरु त्रसित बनेका छन्। 

प्रकाशित: Nov 06, 2023| 18:43 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्