बुधबार, वैशाख १६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • चिनियाँ राष्ट्रपति र अष्ट्रेलियाली प्रधानमन्त्रीबीच 'स्वस्थ र स्थिर' सम्बन्धको प्रतिबद्धता

चिनियाँ राष्ट्रपति र अष्ट्रेलियाली प्रधानमन्त्रीबीच 'स्वस्थ र स्थिर' सम्बन्धको प्रतिबद्धता

 |  सोमबार, कात्तिक २०, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

बेइजिङ- चीनका राष्ट्रपति सी जिनपिङ र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबीच सोमबार बेइजिङमा भेटवार्ता भएको छ।

National life

चीन अष्ट्रेलियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो, तर सन् २०२० मा अस्ट्रेलियाको तत्कालीन कन्जरभेटिभ सरकारले चिनियाँ विशाल प्रबिधि कम्पनी हुवावेलाई फाइभ–जी सम्झौतामा प्रतिबन्ध लगाएपछि र कोभिड–१९ को उत्पत्तिबारे अनुसन्धान गर्न आह्वान गरेपछि सम्बन्ध बिग्रिएको थियो।

त्यसपछि आक्रोशित बेइजिङले कोइला, जौ र वाइनलगायत अस्ट्रेलियाली वस्तुमा दण्डात्मक कर लगाएको थियो।

तर गत वर्षको मे महिनामा अल्बानिज सत्तामा आएदेखि नै चीनले अस्ट्रेलियाली सामानमाथि लगाएको अधिकांश प्रतिबन्ध हटाएको छ र ‘स्वस्थ र स्थिर’ सम्बन्ध चाहेको बताएको छ।

अष्ट्रेलियाको सार्वजनिक प्रसारक एबीसीले सोमबार सार्वजनिक गरेको उद्घाटन भाषणमा सात वर्षभन्दा बढी समयपछि चीन भ्रमण गर्ने पहिलो अस्ट्रेलियाली उच्च नेता अल्बानीजले दुई देशबीचको सम्बन्धमा ‘निःसन्देह धेरै सकारात्मक’ प्रगति भएको बताउएका छन्। 

kumari

गत वर्ष इन्डोनेसियामा दुई नेताबीच भेट भएदेखि नै अल्बानिजले सीलाई भनेका थिए, 'दुवै देशको फाइदाका लागि स्वतन्त्र रूपमा व्यापार प्रवाह भइरहेको छ।'

उनले भने, 'हामी आज दुई देशबीच कसरी थप सहकार्य गर्न सक्छौं भन्ने कुराको खोजी गर्ने अवसरलाई सदुपयोग गर्न सक्छौं।'

अल्बानिजले यसअघि दुई देशबीचको भिन्नताका बारेमा ‘स्पष्ट आँखा’ राख्नुपर्ने आवश्यकतालाई स्वीकार गरेका छन् भने ती दुई देश रणनीतिक रूपमा एकाकार नभएको धारणा व्यक्त गरेका छन्। उनले भने, 'हामीले चीनसँग सकेसम्म सहकार्य गर्नुपर्छ, जहाँ आवश्यक छ त्यहाँ सहमत हुनुपर्छ र हाम्रो राष्ट्रिय हितमा संलग्न हुनुपर्छ।'

चीनले संयुक्त राज्य अमेरिका र बेलायतसँग अष्ट्रेलियाको सुरक्षा सम्झौताको विरोध गरेको छ र आणविक शक्तिबाट सञ्चालित पनडुब्बीहरू किन्ने उसको निर्णयको निन्दा गरेको छ। यसलाई व्यापक रूपमा एशिया–प्रशान्तमा चिनियाँ सैन्य शक्तिलाई रोक्ने प्रयासको रूपमा हेरिएको छ।

अल्बानिजले राष्ट्रहरूको आत्मनिर्णयको अधिकार, साथै मानव अधिकार र शान्ति कायम गर्ने पक्षमा आवाज उठाएका छन्। उनले चीनले आफूलाई यथास्थितिको पक्षमा रहेको शक्तिका रूपमा नदेख्ने विश्वास व्यक्त गरेका छन्। 

तर विश्लेषकहरूका अनुसार यो साता हुने उच्चस्तरीय बैठकले बेइजिङले आफूलाई ‘परोपकारी र सौम्य साझेदार’का रूपमा प्रस्तुत गर्नेछ। एसिया सोसाइटी अस्ट्रेलियाका अध्येता कर्टनी फुङले एएफपीसँग भन्नुभयो, 'चीन आफ्नो आर्थिक बलप्रयोग वा बन्धक कूटनीतिको आलोचनामा केन्द्रित हुन चाहँदैन।'

चीनले अस्ट्रेलियाली पत्रकार चेङ लेईलाई जासुसीको आरोपमा तीन वर्ष हिरासतमा राखेर गत महिना रिहा गरेको थियो। जासुसीको आरोपमा सन् २०१९ देखि चीनको जेलमा रहेका अस्ट्रेलियाली लेखक याङ जुनका छोराले अल्बानिजलाई आफ्नो मुद्दा उठाउन र आफ्ना पिताका लागि पनि त्यस्तै ‘चमत्कार’ गर्न आग्रह गरेका छन्। 

विश्लेषक युन सुनका अनुसार बेइजिङले यो भ्रमणलाई अस्ट्रेलियाले आफ्ना विगतका गल्तीलाई स्वीकारेको अवस्थामा प्रस्तुत गर्न चाहेको छ।

वासिङ्टनस्थित स्टिम्सन सेन्टरका सनले भने, 'यसले अल्बानिजलाई इतिहासको सही पक्षमा रहेको र अष्ट्रेलियाको अर्थव्यवस्था, विशेष गरी यसको वाइन उद्योगलगायत निर्यात उद्योगहरूको खातिर सही छनौट गरिरहेको रूपमा चित्रण गर्नेछ।

प्रकाशित: Nov 06, 2023| 20:00 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्