शनिबार, असोज ४, २०८२

भाइटीकाको शुभसाइत कात्तिक २९ गते १०:५१ बजे 

 |  सोमबार, कात्तिक २०, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०
Kumaribank
Metro Mart

काठमाडौं- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०:५१ बजे शुभ रहेको जनाएको छ।

भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०:५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिए। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय नियम रहेको समितिले जनाएको छ। 

यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिबारदेखि सुरु हुने छ। तिहार नेपालीको दोस्रो ठूलो चाड हो। नेपालमा धेरैले मनाउने दसैँ र तिहारलाई राष्ट्रिय पर्वका रुपमा मनाइन्छ। तिहार पाँच दिनसम्म मनाउने गरिन्छ।

प्रकाशित: Nov 06, 2023| 18:33 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्