बुधबार, वैशाख १६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • नक्कली कागजातमा विदेश जाने बढे, डकुमेन्ट बनाउने थप ४ जना पक्राउ 

नक्कली कागजातमा विदेश जाने बढे, डकुमेन्ट बनाउने थप ४ जना पक्राउ 

 |  सोमबार, कात्तिक २०, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

काठमाडौं- पछिल्लो समय जसरी पनि विदेश जानका लागि कागजात नपुग भएपछि नक्कली भएर पनि बनाउनेहरुको संख्यामा वृद्धि भएको छ। नक्कली कागजात बनाएर भए पनि विदेश जानेहरुको संख्या बढेपछि विदेश पठाई दिने नक्कली कागजात बनाउने गिरोह सक्रिय भएको छ। 

National life

यसलाई निस्तेज पार्नका लागि प्रहरीले नयाँ अप्रेसन थालेको छ। सोही अप्रेसन अन्तर्गत थप चारजनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३१ नयाँबानेश्वर बस्ने ३७ वर्षीय अनिष अमात्य, नुवाकोट सूर्यगढी नगरपालिका–३ घर भई हाल ललितपुर इमाडोल बस्ने ४५ वर्षीय गोपाल रिजाल, धादिङ बेनिघाट रोराङ गाउँपालिका–२, घर भई हाल काठमाडौँ नयाँबजार बस्ने ३२ वर्षीय पशुपति मैनाली तथा झापा भद्रपुर नगरपालिका–१० भई काठमाडौँ बूढानीलकण्ठ बस्ने ३२ वर्षीय सागर चापागाईं रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिए।

प्रवक्ता रेग्मीका अनुसार भिजिट भिषामा विभिन्न देशमा पठाई दिने भनी नक्कली कागजातहरु बनाउने कार्यमा संलग्न बलबहादुर रावतसमेत चारजनालाई यही कात्तिक १८ गते पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त, महाराजगञ्ज पठाइएकामा उक्त कार्यमा अन्य व्यक्तिहरुको समेत संलग्नता रहेको हुन सक्ने देखिएकाले सो सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा निजलाई पक्राउ गरिएको हो।

निजहरुलाई विभिन्न व्यक्तिहरुका नामको नक्कली शैक्षिक प्रमाणपत्र, विभिन्न सरकारी कार्यालयका होलो ग्राम, ल्यापटप, प्रिन्टर र सरकारी कार्यालयको छाप थान–दुई सय ३० सहित काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी लिखतसम्बन्धी कसुर मुद्दामा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज प्रहरी वृत्त, महाराजगञ्ज पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए।

kumari

आइतबार मात्रै उक्त कार्यमा संलग्न भएको अभियोगमा प्रहरीले नवलपुर मध्यविन्दु नगरपालिका–५ घर भएका ४५ वर्षीय जयराम श्रेष्ठ, गोर्खा सिरन चोक गाउँपालिका–८ घर भई हाल टोखा बस्ने ३४ वर्षीय भक्तबहादुर थापा, काठमाडौँ महानगरपालिका–१ नक्साल बस्ने ३८ वर्षीय दीपक केसी तथा सल्यान रामपुर कालीमाटी गाउँपालिका–३ घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–इचङ्गुनारायण बस्ने ४२ वर्षीय बलबहादुर रावतलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।

प्रकाशित: Nov 06, 2023| 18:30 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्