शनिबार, असार २८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री वितरण, अस्थायी हेल्थपोष्ट सञ्‍चालन

भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री वितरण, अस्थायी हेल्थपोष्ट सञ्‍चालन

 |  सोमबार, कात्तिक २०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

vianetvianet

त्रिवेणी- रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले भूकम्प प्रभावित वडामा राहत सामग्री वितरणलाई तीव्र गति दिएको छ। पालिकाको वडा नं १, २ र ४ का  भूकम्पपीडितलाई राहत वितरणमा तीव्रता दिएको हो। 

हालसम्म प्रभावित तीनवटा वडामा एक सय ४३ त्रिपाल, म्याट दुई सय, कम्बल दुई सय २५, डोरी दुई सय रोल, चामल आठ सय ७५ किलो बाँडिएको सानीभेरी गाउँपालिका प्रवक्ता पहलसिङ घर्तीले जानकारी दिनुभयो।

त्यस्तै, एक क्विन्टल दाल, एक सय ५० लिटर तेल, नुन ८२ किलो, चिउरा ६ बोरा, बिस्कुट २८ पेटी र चाउचाउ एक सय ११ पेटी राहतका रुपमा पीडितलाई वितरण गरिएको प्रवक्ता घर्तीले जानकारी दिए। 

हालसम्म सानीभेरी गाउँपालिकालाई विभिन्न ११ सङ्घसंस्था तथा व्यक्तिले सहयोग गरेको गाउँपालिकाले जनाएको छ। सहयोग आउने क्रम जारी रहेको र पीडितलाई राहत वितरणको काम पनि चलिरहेको प्रवक्ता घर्तीले जानकारी दिए। सानीभेरीमा गत शुक्रबार गएको भूकम्पमा १२ जनाको मृत्यु हुनाका साथै भौतिक संरचनामा पनि ठूलो क्षति पुर्‍याएको छ।

प्रभावित क्षेत्रमा अस्थायी हेल्थ पोष्ट सञ्चालन 

रुकुम पश्चिममा भूकम्प प्रभावित क्षेत्रमा अस्थायी हेल्थ पोस्ट सञ्चालन गरिने भएको छ। भूकम्पपीडितलाई स्वास्थ्य समस्या नहोस् र स्वास्थ्यमा समस्या आएमा उपचारको समस्या नआसोस् भनेर प्रभावित क्षेत्रमा अस्थायी हेल्थ पोष्ट सञ्चालन गर्न लागिएको हो। 

आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैङ्कबाट प्रभावित क्षेत्रमा अस्थायी हेल्थ पोष्ट सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए। उनका अनुसार भूकम्प प्रभावित स्थानीय तहहरूमा अस्थायी हेल्थ पोष्टहरूको निर्माण गरिने छ। अस्थायी हेल्थ पोष्टमा एक चिकित्सक, एकजना नर्स र मेडिकल सामग्रीसहितको पाँचवटा टोली प्रभावित क्षेत्रमा पठाएको  प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए।

तत्काल स्थानीय तहका अस्पताल तथा स्वास्थ्य सेवा कार्यालयले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायतबाट खटिएको मेडिकल टोलीलाई परिचालन गर्ने बैठकले निर्णय गरेको छ। 
 

प्रकाशित: Nov 06, 2023| 19:40 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्