बिहीबार, माघ २२, २०८२

विश्वकपमा छनोट भएको क्रिकेट टिमलाई ५० लाख पुरस्कार

 |  सोमबार, कात्तिक २०, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

आईसीसी टी-२० क्रिकेट वर्ल्डकपमा छनोट भएको राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले ५० लाख पुरस्कार घोषणा गरेको छ।

National life

क्यानको सोमबार बसेको क्यान केन्द्रीय समिति बैठकले खेलाडीहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। 

यसैगरी क्यानले हालै मलेसियामा सम्पन्न एसीसी मेन्स यु-१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा विजयी भई यही जनवरी २०२४ मा हुने यु-१९ एसिया कपमा छनोट हुन सफल यु-१९ राष्ट्रिय क्रिकेट टोलीका सम्पूर्ण सदस्यहरुलाई जनही ५० हजार रुपैयाँका दरले पुरस्कृत गर्ने निर्णय पनि गरेको छ।

साथै क्यानले यही नोभेम्बर १५ देखि १९ सम्म ४ राष्ट्रका महिला क्रिकेट टिमबीच हुने हङकङ विमेन्स टी-२० आई सिरिजमा सहभागी हुन खेलाडीहरुलाई पठाउने पनि निर्णय गरेको छ।
 

प्रकाशित: Nov 06, 2023| 18:21 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्