आइतबार, जेठ ६, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • दक्षिण कोरियामा एक पुरुषद्वारा महिलावादीको आरोपमा महिलामाथि आक्रमण 

दक्षिण कोरियामा एक पुरुषद्वारा महिलावादीको आरोपमा महिलामाथि आक्रमण 

 |  सोमबार, कात्तिक २०, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

सयोल - दक्षिण कोरियामा एकजना महिला कन्भिनियन्स स्टोरमा काम गर्ने महिलालाई महिलावादी भएको भन्दै आक्रमण गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् ।

triton college

सीसीटीभी फुटेजमा २० वर्षका पुरुष मध्यरातपछि दक्षिण पूर्वी सहर जिन्जुको पसलमा प्रवेश गरी महिलालाई मुक्का र लात हानेको देखाइएको बीबीसीले जनाएको छ। उनले अर्को ग्राहकलाई पनि आक्रमण गरेको बताइएको छ। 

उनले महिलाको कपाल छोटो भएकाले महिलावादी भएको भन्दै आक्रमण गरेको प्रहरीले बताएको छ। 'तपाईंको कपाल छोटो भएकोले, तपाईं एक महिलावादी हुनुपर्छ। म एक पुरुषवादी हुँ, र मलाई लाग्छ कि नारीवादीहरू आक्रमण गर्न योग्य छन्,' उनले ती महिलालाई भनेका थिए।

घटनास्थलमा पुगेको प्रहरीले उनलाई नरोकेसम्म उनले निरन्तर आक्रमण गरेको बताइएको छ। अधिकारीहरुका अनुसार उनी मातेको अवस्थामा भएको र पहिले नै सिजोफ्रेनियाको उपचार गराइरहेको पाइएको छ। 

आर्थिक रूपमा सम्पन्‍न मानिने दक्षिण कोरियामा लैंगिक विभेदका हिसाबले खराब मानिन्छ। हालैका वर्षहरूमा नारीविरोधी भावना पनि बढेको छ- विशेष गरी युवा पुरुषहरूमा। दक्षिण कोरियामा पुरुषहरुले 'महिलावाद' का कारण आफूहरु समस्यामा परेको महसुस गर्छन्। 

corrent noodles
Metro Mart

शुक्रबारको आक्रमण पछि, २० वर्षकी ती महिलाको कान र लिगामेन्टमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। उनलाई रोक्‍न खोज्‍ने ग्राहकको पनि कुर्सीले हान्दा अनुहार र काँध भाँचिएको छ। 

छोटो र काटिएको कपाल भएका महिलाहरू दक्षिण कोरियामा यसअघि पनि आक्रमणको निशाना बनिसकेका छन्। 
 

प्रकाशित: Nov 06, 2023| 18:13 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्