बिहीबार, असार ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • लेबनानमा समेत बढ्यो तनाव, बेलायतले फिर्ता बोलायो दूतावासका कर्मचारी 

लेबनानमा समेत बढ्यो तनाव, बेलायतले फिर्ता बोलायो दूतावासका कर्मचारी 

 |  सोमबार, कात्तिक २०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

vianetvianet

काठमाडौं- इजरायल-हमास युद्धका क्रममा लेबनानमा समेत तनाव बढेपछि संयुक्त अधिराज्य बेलायतले आफ्नो दूतावासका कर्मचारीलाई फिर्ता बोलाएको छ। 

यस क्षेत्रमा बढ्दो तनावको बीचमा लेबनानस्थित बेलायती दूतावासबाट केही कर्मचारी र उनीहरूका परिवारका सदस्यहरूलाई अस्थायी रूपमा फिर्ता गरिएको बीबीसीले जनाएको छ।

हालैका हप्ताहरूमा लेबनानी समूह हिजबुल्लाह र इजरायली सेनाबीच सीमापार हिंसा भड्किएपछि सुरक्षा कारण देखाउँदै दूतावासका कर्मचारीलाई अस्थायी रुपमा फिर्ता बोलाएको हो। 

लेबनानी सरकारी मिडियाले आइतबार दक्षिणी लेबनानमा इजरायली हमलामा तीन बालबालिका र उनकी हजुरआमाको मृत्यु भएको बताएको छ। इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले यो 'एन्टी-ट्याङ्क मिसाइल प्रहारको जवाफी कारबाहीका क्रममा एक इजरायली नागरिकको मृत्यु' भएको बताएका थिए। 

७ अक्टोबरमा हमास समूहले इजरायलमाथि आक्रमण थालेपछि इजरायली सेनाले हमासलाई समाप्त पार्न युद्ध घोषणा गरेको छ। हमासलाई समर्थन गर्दै लेबनानमा रहेको मलिसिया समूह हेजबुल्लाले इजरायलमाथि आक्रमण थालेको थियो। इजरायलले लेबनानमा रहेका हेजबुल्ला समूहमाथिको आक्रमणलाई पनि तीव्रता दिएको छ। 

प्रकाशित: Nov 06, 2023| 17:51 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्