शनिबार, जेठ ५, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • श्रीमतीको हत्या गरी भारत भागेका लालु विक ६ महिनापछि प्रहरीको फन्दामा

श्रीमतीको हत्या गरी भारत भागेका लालु विक ६ महिनापछि प्रहरीको फन्दामा

 |  सोमबार, कात्तिक २०, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

श्रीमतीको हत्या गरी फरार भएका एक अभियुक्त पक्राउ परेका छन्। गत जेठमा भएको घटनाका अभियुक्त अहिले समातिएका हुन्।

triton college

प्रहरीले कात्तिक ५ गते दिउँसो ३ बजे शंखरापुर नगरपालिका वडा नम्बर १ बस्ने ३३ वर्षीय लालु विकलाई गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ माकलबारीबाट पक्राउ गरेको हो। २८ वर्षीया श्रीमती गोपी विकको हत्या गरेको आरोपमा बौद्ध प्रहरीले उनलाई पक्राउ गरेर हिरासतमा राखेको छ।

प्रहरीका अनुसार लालु गत जेठ २३ गते आफ्नी श्रीमती सम्पर्कविहीन भएको भन्दै प्रहरी चौकी नांग्लेभारीमा पुगेका थिए। घरमा कसैलाई पनि थाहा नहुने गरी श्रीमती बेपत्ता भएको भन्दै उनी प्रहरीकहाँ पुगेका थिए। उनले श्रीमतीको खोजी गरिदिन असार १० गते प्रहरी प्रभाग साँखुमा निवेदन दिएका थिए।

फेरि मृतक गोपीका भाइ गोपालले पनि असार १७ गते आफ्नी दिदीको खोजी गरिदिन भन्दै अर्को निवेदन दिएका थिए। प्रहरीले गोपीलाई खोजिरहेकै बेलामा श्रीमान् लालु साउन २९ गतेदेखि बेपत्ता भए। उनी सम्पर्कविहीन भएको भन्ने खबर पाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

जिल्‍ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गर्दा उनी भारत भागिसकेको खुल्यो। अनुसन्धानकै क्रममा उनी काठमाडौं फर्किएको पत्तो पाएपछि कात्तिक ५ गते माकलबारीमा पक्राउ परेका हुन्। सोधपुछ गर्ने क्रममा उनले जेठ १९ गते बिहान ६ बजे श्रीमती गोपीको हत्या गरेको बयान दिएको प्रहरीले बताएको छ।

corrent noodles
Metro Mart

सामान्य घरायसी कुरामा विवाद हुँदा उनले गोपीको टाउको लगायत शरीरका विभिन्न भागमा प्रहार गरी हत्या गरेको बताएका थिए। हत्यापछि जेठ २० गते राति १ बजे शवलाई दुई भाग लगाएर दुई वटा बोरामा राखेको उनले बयानमा भनेका छन्। शव मोटरसाइकलमा राखेर नजिकै रहेको देउराली सामुदायिक वनमा लगेर खाल्डोमा पुरेको बयान उनले दिएका छन्।

उनको प्रारम्भिक बयानपछि प्रहरीको टोली घटनास्थल पुगेर गोपीको शव निकालिएको थियो। करिब ५ फिट गहिराइमा दुई वटा बोराभित्र राखेको अवस्थामा शव फेला परेको थियो।

प्रकाशित: Nov 06, 2023| 17:30 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्