शनिबार, जेठ ५, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • सरकारले ३ दिनपछि सच्यायो भूकम्पका मृतकको तथ्यांक, १५३ को मृत्यु भएको पुष्टि 

सरकारले ३ दिनपछि सच्यायो भूकम्पका मृतकको तथ्यांक, १५३ को मृत्यु भएको पुष्टि 

 |  सोमबार, कात्तिक २०, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

काठमाडौं- सरकारले जाजरकोट र रुकुम-पश्‍चिममा भूकम्पमा परी मृत्यु हुनेहरुको तथ्यांक ३ दिनपछि सच्याएको छ। पछिल्लो अध्यावधिक तथ्यांक अनुसार मृतकको संख्या घटेको छ। 

triton college

स्थानीय प्रशासनले यसअघि जाजरकोटमा मात्र १ सय ५ जनाको मृत्यु भएको जनाएको थियो। जाजरकोटको नलगाड नगरपालिकाका तीन जना मृतकको ठेगाना र मृत्यु भएको स्थान फरकफरक परेकाले दोहोरिएको र अर्को एक जनाको नागरिकता र बोलाउने नाम छुट्टाछुट्टै रहेको र दुवै नाम रेकर्डमा टिपिएकाले जम्मा ४ जनाको संख्या दोहोरिएकोले हाल सच्चाइएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले प्रस्ट्याएका छन्। 

यसअघि नलगाड नगरपालिकामा ५५ जनाको मृत्यु भएको तथ्यांक प्रशासनले दिएको थियो। अहिले नलगाडमा ५१ जनाको मृत्यु भएको संख्या यकिन भएको प्रजिअ सुनारले बताए। उनले भने, 'हामीले प्रारम्भिक तथ्यांकअनुसार १५७ मृतक घोषणा गरेका थियौं। तर अहिले सबैतिरबाट भेरिफाइ गरेपछि केही नाम र ठेगाना भएको मृतकहरू दोहोरिएकाले मृतक संख्या घटेको छ।'

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सुनिल थापा नेपालीका अनुसार नलगाड नगरपालिका ८ की सरिता सिंह, नलगाड ७ का रेगम सिंह, नलगाड १२ की मिना बिष्टको नाम दोहोरिएको हो।

त्यस्तै टेकबहादुर पुनको व्यक्ति एकै र नाम दुई हुँदा संख्या दोहोरिएको थियो। जाजरकोटको भेरी नगरपालिकामा ४२ जनाको मृत्यु भएको छ। त्यसमध्ये २८ महिला १४ पुरुष छन्। जाजरकोटकै नलगाड नगरपालिकामा ५१, कुशे गाउँपालिकामा ७ र छेडागाड नगरपालिकामा १ जनाको गरी १ सय १ जनाको मृत्यु भएको छ।

corrent noodles
Metro Mart

त्यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । दुवै जिल्लामा गरेर ज्यान गुमाउनेको संख्या जम्मा १ सय ५३ मात्र निश्चित भएको प्रजिअ सुनारले बताए । मृत्यु हुनेमा ९७ सय महिला र ५६ पुरुष छन्।

Earthquake-Death-Jajarkot-1699270512.jpg

 

प्रकाशित: Nov 06, 2023| 17:20 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्