बुधबार, वैशाख १६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • भिजिट भिसाको नक्कली कागजात बनाउने कन्सल्टेन्सी सञ्चालक पक्राउ

भिजिट भिसाको नक्कली कागजात बनाउने कन्सल्टेन्सी सञ्चालक पक्राउ

 |  सोमबार, कात्तिक २०, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

भिजिट भिसामा विभिन्न देशमा पठाउने आश्वासन दिएर नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले चार जना कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरेको छ।

National life

पक्राउ पर्नेमा एसीई कन्सल्टेन्सीका सञ्चालक काठमाडौंको नयाँ बानेश्वरका ३७ वर्षीय अनिष अमात्य, प्रगति विद्याश्रम कन्सल्टेन्सीका सञ्चालक नुवाकोटको सूर्यगढीका ४५ वर्षीय गोपाल रिजाल, निप्पोन कन्सल्टेन्सीका सञ्चालक धादिङको बेनिघाट रोराङका ३२ वर्षीय पशुपति मैनाली र एसटू अबरोड कन्सल्टेन्सीका सञ्चालक झापाको भद्रपुरका ३२ वर्षीय सागर चापागाईं छन्।

आवश्यक अनुसन्धान तथा कारबाहीका लागि उनीहरूलाई प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ। उनीहरूको साथबाट प्रहरीले विभिन्न व्यक्तिहरूको नामको नक्कली शैक्षिक प्रमाण पत्र, विभिन्न सरकारी कार्यालयका होलो ग्राम, ल्यापटप, प्रिन्टर र सरकारी कार्यालयको छाप बरामद गरेको छ।

 

प्रकाशित: Nov 06, 2023| 16:49 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्