बिहीबार, असार ५, २०८२

काठमाडौंमा भूकम्पको धक्का महसुस

 |  सोमबार, कात्तिक २०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

vianetvianet

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ। आज अपरान्ह ४ बजेर ३३ मिनेटमा झड्का महसुस भएको हो।

यही समयमा भारतको राजधानी नयाँ दिल्लीमा पनि भूकम्पको धक्का मशसुस गरिएको समाचार संस्था एएनआईले जनाएको छ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ५.८ म्याग्निच्युड क्षमताको भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको हो।

गत शुक्रबार राति रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते छन्।

प्रकाशित: Nov 06, 2023| 16:39 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्