बिहीबार, असार ५, २०८२

जाजरकोट भूकम्पः रुकुम पश्चिममा मात्रै साढे १६ हजार घर भत्किए

प्रारम्भिक तथ्यांकअनुसार सबैभन्दा बढी आठबिसकोट नगरपालिकामा ७ हजार १४८ घर पूर्ण रुपमा क्षतिग्रस्त।
 |  सोमबार, कात्तिक २०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

vianetvianet

काठमाडौं– गत शुक्रबारको भूकम्पका कारण रुकुम पश्चिममा ६ स्थानीय तहका १६ हजार ५ सय ७० घर पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन्। जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले तथ्यांक संकलन जारी रहेकाले यो संख्या बढ्न सक्ने बताए।

नगरपालिका प्रमुख तथा गाउँपालिका अध्यक्षले समितिको बैठकमा पेस गरेको प्रारम्भिक तथ्यांकअनुसार सबैभन्दा बढी आठबिसकोट नगरपालिकाका घरमा क्षति पुगेको छ। 

समितिका अनुसार आठबिसकोट नगरपालिकामा ७ हजार १४८ घरमा पूर्ण रुपमा क्षति पुगेको छ भने सानीभेरी गाउँपालिकाका ३ हजार १४६ घर पूर्णरुपमा र ७२२ घर आंशिक क्षतिग्रस्त बनेका छन्। 

चौरजहारी नगरपालिकामा १ हजार नौ ८७ घर पूर्ण र ४ हजार तीन सय ७४ घरमा आशिंक रुपमा क्षति पुगेको छ भने मुसीकोट नगरपालिकामा २ हजार तीन सय घर पूर्णरुपमा र ५ हजार पाँच सय घरमा आशिंक क्षति पुगेको छ।

त्यसैगरी त्रिवेणी गाउँपालिकामा १ हजार नौ सय ३५ घर पूर्ण र १ हजार दुई सय ५८ घरमा आंशिक क्षति पुगेको छ भने बाँफिकोट गाउँपालिकामा १८ वटा घर पूर्ण र १ सय सात घरमा आंशिक क्षति पुगेको छ।–रासस

प्रकाशित: Nov 06, 2023| 16:28 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्