शनिबार, जेठ ५, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिकी समकक्षी ब्लिंकेनलाई भ्रमणको निम्तो गरेर फर्किए परराष्ट्रमन्त्री साउद

अमेरिकी समकक्षी ब्लिंकेनलाई भ्रमणको निम्तो गरेर फर्किए परराष्ट्रमन्त्री साउद

 |  सोमबार, कात्तिक २०, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउद अमेरिकाको एक साता लामो औपचारिक भ्रमण गरी स्वदेश फर्किएका छन्। गत १२ कात्तिकमा अमेरिका भ्रमणमा गएका साउद आइतबार स्वदेश फर्किएका हुन्।

triton college

स्वदेश फर्किने क्रममा आइतबार त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै मन्त्री साउदले भ्रमण फलदायी भएको बताए। उनले भने, 'समग्रमा मेरो अमेरिका भ्रमणमा त्यहाँका उच्च सरकारी पदाधिकारीहरु, सिनेटर, नेपालका मित्रहरु, सूचना प्रविधि क्षेत्रका अमेरिकन-नेपाली पेशाविद्हरु तथा व्यवसायीहरुसँग भएको भेटघाट तथा कुराकानी अत्यन्त सौहार्द्धपूर्ण, सकारात्मक एवम् फलदायी रह्यो। मेरो भ्रमणबाट आगामी दिनमा नेपालमा सूचना प्रविधि क्षेत्रमा अमेरिकी लगानी प्रवर्द्वन गराउन मद्दत पुग्ने विश्वास लिएको छु।’

उनले भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएको समेत जानकारी दिए। ‘अमेरिकाबाट नेपालमा लामो समय देखि उच्चस्तरीय भ्रमण नभएको विषय उल्लेख गर्दै मैले अमेरिकी विदेश मन्त्रीलाई नेपालको औपचारिक भ्रमण गर्न आमन्त्रण गरेको छु’, उनले भने।

ब्लिंकेनसँग भएको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्तामा नेपाल‒अमेरिका द्विपक्षीय सम्वन्धका बिषयहरु तथा साझा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरुमा विचारको आदानप्रदान भएको उनको भनाइ छ। दुवै पक्षले आपसी हितका विषयहरुमा सहकार्यलाई थप विस्तार र घनिभूत बनाउने प्रतिवद्धता व्यक्त गरेको उनले बताए।

नेपालको लागि निर्यातयोग्य गार्मेन्ट, फुटवेयर र फार्मास्युटिकल वस्तुहरु थप गर्दै जीएसपी सुविधा र एनटीटीपीपीको विस्तार र पुन: अनुमतिको लागि समेत उनले अनुरोध गरेका छन्। भेटवार्ताका क्रममा अमेरिकी विदेशमन्त्री ब्लिंकेनले नेपालको लोकतान्त्रिक शासन प्रणालीको सुदृढीकरण गर्नमा भएको प्रगतिलाई प्रशंसा गरेका थिए। ब्लिंकेनले अमेरिकी सरकार नेपाल एक बलियो र समृद्ध लोकतन्त्र भएको हेर्न चाहेको भन्दै नेपालको विकास प्रयत्नमा अमेरिकी सरकारको निरन्तर सहयोग रहने बताएको जानकारी दिए।

corrent noodles
Metro Mart

भ्रमणका क्रममा मन्त्री साउदले अमेरिकी उच्च अधिकारीहरुसँग भेट गरेको जानकारी दए। उनले यूएसआईडीकी प्रशासक समन्था पावर, सिनेटर क्रिस भान होलान, आर्थिक विकास सहकार्यका सीईओ स्कोट नाथनसँग पनि छुट्टाछुट्टै भेट गरेका थिए।

प्रकाशित: Nov 06, 2023| 16:13 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्