शनिबार, जेठ ५, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति जाजरकोट र रुकुम पश्चिम जाने

युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति जाजरकोट र रुकुम पश्चिम जाने

 |  सोमबार, कात्तिक २०, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन्। पौडेल आफ्नो पूर्वनिर्धारित युरोप भ्रमण कार्यक्रम स्थगित गरेर मंगलबार भूकम्प प्रभावित क्षेत्रमा जान लागेका हुन्।

triton college

राष्ट्रपति पौडेल भूकम्प प्रभावितहरूको अवस्था बुझ्न मंगलबार बिहान भूकम्प प्रभावित क्षेत्रतर्फ जाने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ। भूकम्पकै कारण कात्तिक २३ देखि  राष्ट्रपति पौडेलले फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गरेका हुन्।

जाजरकोट र रुकुम पश्चिममा भूकम्पले ठूलो जनधनको क्षति भएको छ। नेपाल र नेपाली जनताको निम्ति अत्यन्त महत्वपूर्ण हुँदाहुँदै पनि प्राकृतिक विपत्ति आइपरेको हुनाले यो बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपति पौडेलले युरोप भ्रमण स्थगित गरेका हुन्।

फ्रान्सका राष्ट्रपतिको निमन्त्रणामा यही नोभेम्बर ९ देखि ११ तारिखसम्म उनी पेरिसमा हुने पिस फोरम कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाने कार्यक्रम थियो। बिग्रँदो पर्यावरणलाई कसरी अनुकुल बनाउने भन्ने उद्येश्य रहेको उक्त सम्मेलनमा कार्वन उत्सर्जनको कुनै कारक नभएर पनि नेपालले जलवायु परिवर्तनको असर भोग्नु परेको सम्बन्धमा विश्वजगतको ध्यानाकर्षण गराउने कार्यक्रम थियो।

प्रकाशित: Nov 06, 2023| 16:03 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्