शनिबार, जेठ ५, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • करिब ११ करोड राजस्व हिनामिना गर्ने १० कर्मचारीविरुद्ध मुद्दा दायर

करिब ११ करोड राजस्व हिनामिना गर्ने १० कर्मचारीविरुद्ध मुद्दा दायर

मालपोत कार्यालय पर्साको रजिस्ट्रेसन फाँटमा कार्यरत कर्मचारीकै  मिलेमतोमा जग्गा खरिदबिक्री गर्दा विभिन्न लिखतबाट उठेको राजस्व नियमानुसार दाखिला नगरी हिनामिना गरेको भेटियो।
 |  सोमबार, कात्तिक २०, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व दुरुपयोग गरेको अभियोगमा मालपोत कार्यालय पर्साका अधिकृत हरिनारायण मिश्रसमेत १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

triton college

मालपोत कार्यालय पर्साको रजिस्ट्रेसन फाँटमा कार्यरत कर्मचारीको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व नियमानुसार दाखिला नगरी हिनामिना गरेको अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ।

आयोगले मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रविरुद्ध २ करोड ९ लाख ३१ हजार ६ सय ४७ बिगो दाबी गरेको छ। यस्तै, मालपोत अधिकृत भूपबहादुर बोगटीविरुद्ध १ करोड ४९ लाख ६९ हजार एक सय ४५, मालपोत अधिकृत गोपालबहादुर ढुंगानाविरुद्ध ३५ लाख ४५ हजार ९ सय ५०, मालपोत अधिकृत पर्साका तत्कालीन अधिकृत पदमप्रसाद अर्यालविरुद्ध १६ लाख ८१ हजार ६ सय बराबरको बिगो र कैदको माग दाबी गरेको छ। 

मालपोत अधिकृत चन्द्रबहादुर भण्डारीविरुद्ध २ लाख ४४ हजार ४ सय ६२, तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारीविरुद्ध १ करोड ४१ लाख ४७ हजार १ सय ७१, तत्कालीन नायब सुब्बा किरणप्रसाद उपाध्यायविरुद्ध ५ करोड ५५ लाख १९ हजार नौ सय ७५ बराबरको बिगो र कैद दावी गरिएको आयोगले जनाएको छ।

आरोपी सबैलाई कारबाही माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

corrent noodles
Metro Mart

प्रकाशित: Nov 06, 2023| 15:54 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्