बुधबार, वैशाख १६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मैत्रीपूर्ण क्रिकेटमा वीरगञ्जका मेयरको हात भाँचियो, काठमाडौंमा उपचार

मैत्रीपूर्ण क्रिकेटमा वीरगञ्जका मेयरको हात भाँचियो, काठमाडौंमा उपचार

 |  सोमबार, कात्तिक २०, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

National life
kumari

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह क्रिकेट खेल्दा घाइते भएका छन्। महानगरमा भएको मैत्रीपूर्ण प्रतियोगितामा मैदानमा लडेका उनको हात भाँचिएको छ।

नेपाल प्रहरी र सामुदायिक सेवा केन्द्रबीच शनिबार मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता भएको थियो र मेयर सिंह सामुदायिक सेवा केन्द्र टिमबाट खेलेका थिए।

ब्याटिङ गर्ने क्रममा रन लिँदै गर्दा लडेपछि उनको दाहिने हात भाँचिएको हो। तत्काल नारायणी अस्पताल भर्ना गरिएकोमा मधुमेह र उच्च रक्तचापका बिरामीसमेत रहेकाले उनको उपचार त्यहाँ सम्भव नभएको बताइएको छ।
हाल उनको उपचार काठमाडौंको नर्भिक अस्पतालमा भइरहेको छ।

प्रकाशित: Nov 06, 2023| 14:24 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्