शनिबार, जेठ ५, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • प्रधानाध्यापकले आत्महत्या गरेपछि पूर्व-पश्चिम राजमार्ग अवरूद्ध

प्रधानाध्यापकले आत्महत्या गरेपछि पूर्व-पश्चिम राजमार्ग अवरूद्ध

 |  सोमबार, कात्तिक २०, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

सिराहामा प्रधानाध्यापकको मृत्युको घटना छानबिन गर्न माग गर्दै राजमार्ग अवरूद्ध गरिएको छ। गोलबजार नगरपालिका-३ जमदहस्थित सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार साह विद्यालयमै मृत भेटिएका थिए।

triton college

घटनामा प्रहरी अनुसन्धान शंकास्पद देखिएको भन्दै साहका परिवार आन्दोलित भएका हुन्। घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै पीडित परिवारसँगै स्थानीयले टायर बालेर प्रदर्शन गर्दै मिर्चैयास्थित पूर्व-पश्चिम राजमार्ग सोमबार दिउँसो साढे तीन घण्टा अवरूद्ध गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। मृतक परिवारको मागबमोजिम शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ।

विद्यालयको निर्माणाधीन तेस्रो तलाको सभाहलमा आइतबार प्रधानाध्यापक साह झुण्डिएको अवस्थामा फेला परेका थिए। शव फेला परेको ठाउँमा रगतसमेत देखिएकाले हत्या हुन सक्ने अनुमान लगाउँदै मृतक परिवारले निष्पक्ष छानबिनको माग गरिरहेका छन्।

आन्दोलनको क्रममा सोमबार बिहानैदेखि मृतक प्रधानाध्यापक साहकी पत्नी मीनाकुमारी साह राजमार्गमै सुतेकी थिइन्। प्रहरीले भने घटनाको प्रकृति हेर्दा आत्महत्या देखिएको बताएको छ।

प्रकाशित: Nov 06, 2023| 13:56 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्