बुधबार, वैशाख १६, २०८३

एआईले रश्मिका मन्दानाको फेक भिडियो बनाइदिएपछि...

 |  सोमबार, कात्तिक २०, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दाना साइबर अपराधको सिकार भएकी छन्। हालै सोसल मिडियामा एउटा भिडियो भाइरल भयो जसमा रश्मिकाको जस्तै अनुहार देखिने एक महिला लिफ्टभित्र प्रवेश गर्छिन्।

National life

कालो पहिरन लगाएकी ती महिलाको अनुहार दुरुस्तै रश्मिकाको जस्तो देखिन्छ। केही सेकेन्डको भिडियो हेरेर जोकसैले यी रश्मिका होइन् भन्नै सक्दैन।

भिडियो भाइरल बनेपछि धेरैले यसलाई नक्कली भएको बताएका छन्। बलिउड अभिनेता अमिताभ बच्चनले यसमा अलग धारणा राखेका छन्। अमिताभले तुरुन्तै यसविरुद्ध कानुनी कारवाहीको माग गरेका छन्। इन्टरनेट प्रयोगकर्ताले उक्त भिडियो जारा पटेल नामक भारतीय मूलकी एक बेलायती महिलाको भएको भनेर तथ्य जाँच गरेका छन्। ती महिलाको इन्स्टाग्राममा ठूलो संख्यामा फ्यान छन्।

रश्मिकासँग ‘गुडबाइ’ फिल्ममा सहकार्य गरेका अमिताभले ट्विटरमा लेखेका छन्, ‘यो बलियो कानुनी मामिला हो।’ रश्मिकाले भने भिडियोबारे केही बताएकी छैनन्।

पछिल्लो समय कृत्रिम बौद्धिकता (एआई)का कारण सेलिब्रिटीहरु फेक भिडियोको सिकार बनिरहेका छन्।

kumari

प्रकाशित: Nov 06, 2023| 13:49 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्