बुधबार, वैशाख १६, २०८३

डोल्पाका गुरुङको कोठामा भेटियो नक्कली नोट र छाप्ने मेसिन

 |  सोमबार, कात्तिक २०, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

National life
kumari

काठमाडौंको सरस्वती नगरबाट प्रहरीले नक्कली नोटसहित एक युवकलाई पक्राउ गरेको छ। नक्कली नोट र नोट फोटोकपी गर्ने मेसिनसहित काठमाडौं महानगरपालिका-६ महांकाल डेरा गरी बस्ने कार्मा लुप्डुप गुरूङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। २९ वर्षीय गुरुङ डोल्पाका हुन्।

सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले गुरूङको कोठामा छापा हानेको थियो। उनको कोठाबाट प्रहरीले १ हजार दरका २२५ थान नक्कली नोट, नोट फोटोकपी गर्ने मेसिन १ थान, डिजिटल तराजु १ थान, नगद २६ हजार ८ सय रूपैयाँ, ल्यापटप १ थान र नोट छाप्न प्रयोग हुने मसीको बट्टा ४ थान बरामद गरेको छ।

 

प्रकाशित: Nov 06, 2023| 13:33 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्