बिहीबार, असोज २, २०८२

शाकाहारीले प्रोटिनका लागि के खाने ?

 |  सोमबार, कात्तिक २०, २०८०
machha bankmachha bank

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

vianetvianet

शरीरमा तागत बनाइराख्न, मांशपेशी बलियो बनाउन र हड्डी मजबुत राख्न प्रोटिनको जरुरत पर्छ। यतिमात्र नभई प्रोटिनको कमी कैयौं गम्भीर स्वास्थ्य समस्याको पनि कारक बन्न सक्छ। प्रोटिनको कमीले तपाईं उमेर नपुगी बूढो देखिन सक्नुहुन्छ।

Kumaribank

प्रोटिनका लागि के खाने त ? प्रोटिन भन्नेबित्तिकै धेरैले चिकेन, मटन वा अण्डा जस्ता ननभेज आइटम सम्झिन्छन्। नि:सन्देह यो कुरा ठिक हो। यस्तोमा यदि तपाईं चिकेन, अण्डा वा मटन खानुहुन्न भने शरीरलाई प्रोटिन पुग्दैन कि भन्ने चिन्ता लाग्न सक्छ। तर चिन्ता नलिनुस्। तपाईंकै भान्सामा केही यस्ता सागसब्जी छन् जसमा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ। हामीले दैनिक खाने थुप्रै  भेज खानेकुरामा पनि पर्याप्त मात्रामा प्रोटिन पाइन्छ।

केकेमा पाइन्छ त प्रोटिन ?
पालक
पालक अर्थात् पालुंगोमा पाइने पोषक तत्वका कारण यसलाई सुपर फुड पनि भनिन्छ। पकाएको एक कचौरा पालकमा करिब ५.३ ग्राम प्रोटिन पाइन्छ। यो बनाउन सजिलो पनि छ र आफ्नै बारीमा वा कौसीमा समेत लगाउन सकिन्छ। पालकमा प्रोटिनका साथै पर्याप्त मात्रामा आइरन र क्याल्सियम पनि पाइन्छ।

मटर
मटरलाई भेज प्रोटिनको सबैभन्दा राम्रो स्रोत मानिन्छ। १०० ग्राम हरियो मटरमा करिब ५ ग्राम प्रोटिन हुन्छ। अर्थात् एक मुठी मटरबाट पनि तपाईंले निकै प्रोटिन पाउन सक्नुहुन्छ। मटरलाई यत्तिकै काँचै, तरकारी बनाएर, उसिनेर वा सलादको रुपमा खान सकिन्छ।

च्याउ
च्याउलाई सबैभन्दा स्वादिष्ट शाकाहारी खानेकुरा मानिन्छ। यो बाह्रै महिना बजारमा पाइन्छ। स्वादका साथै यो शरीरका लागि पनि स्वस्थकर छ। एक कचौरा च्याउमा करिब तीन ग्राम प्रोटिन पाइन्छ। च्याउमा पनि डल्ले च्याउ प्रोटिनले भरिपूर्ण हुन्छ।

Metro Mart

ब्रोकली
ब्रोकली पनि सुपरफुड हो जसमा शरीरलाई आवश्यक पर्ने सबैजसो पोषक तत्वहरु पाइन्छ। सय ग्राम ब्रोकलीमा लगभग २.८ ग्राम प्रोटिन पाइन्छ। यसलाई हल्का पकाएर खाँदा राम्रो हुन्छ।

काउली
भेजमात्रै खानेहरुका लागि काउली पनि प्रोटिनको राम्रो स्रोत हो। सय ग्राम काउलीमा लगभग दुई ग्राम प्रोटिन पाइन्छ।
 

 

प्रकाशित: Nov 06, 2023| 13:29 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्