बिहीबार, असार ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • मालिकप्रति कुकुरको अद्‍भूत प्रेम: चार महिनादेखि शवगृह अगाडि कुरेको कुर्‍यै

मालिकप्रति कुकुरको अद्‍भूत प्रेम: चार महिनादेखि शवगृह अगाडि कुरेको कुर्‍यै

 |  सोमबार, कात्तिक २०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

vianetvianet

भनिन्छ, कुकुर सबैभन्दा बफादार प्राणी हो। कुकुरले आफ्नो मालिक (पाल्ने व्यक्ति) लाई असाध्यै माया र रेखदेख गर्छ। यो कुरा कैयौंपल्ट प्रमाणित पनि भएको छ।

भारतको केरलस्थित कन्नूर जिल्ला अस्पतालमा यस्तै भएको छ। एउटा कुकुर चार महिनादेखि मर्चरी (शव राख्ने घर) अगाडि कुरिरहेको छ। अस्पताल कर्मचारीका अनुसार चार महिनाअघि एक बिरामीलाई अस्पताल ल्याइएको थियो र सँगै एउटा कुकुर पनि पछि लागेर आएको थियो। उपचारका क्रममा ती व्यक्तिको मृत्यु भयो। त्यसपछि उनको शव मर्चरीमा लगियो। यो दृष्य कुकुरले देखेको थियो।

मर्चरीमा लगेको शव पोष्टमार्टम गरेर प्रक्रिया पुर्‍याएपछि पछाडिको अर्को गेटबाट निकालियो र अन्तिम संस्कार गरियो। तर, अगाडिको गेटमा बसेको कुकुरले यो देखेन। जुन गेटबाट उसको मालिकलाई भित्र लगिएको थियो, त्यही गेटमा कुकुरले अहिले पनि कुरिरहेको छ।

उसलाई लागिरहेको छ- मालिक यहीँ भित्र छन्। कुकुर त्यहीँ वरपर  घुम्छ, खान्छ र गेटनेरै सुत्छ। मालिकप्रति कुकुरको यो प्रेम देखेर अस्पतालका कर्मचारी पनि चकित छन्।

 

प्रकाशित: Nov 06, 2023| 13:00 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्