बिहीबार, असार ५, २०८२

टेलिकमका लेखा अधिकृत सुवेदी ५१ दिनदेखि बेपत्ता

३१ वर्षीय सुवेदी कन्काई नगरपालिका–३ स्थित कार्यालयको क्वार्टरबाट ३० भदौदेखि बेपत्ता भएका हुन्।
 |  सोमबार, कात्तिक २०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

vianetvianet

काठमाडौं–नेपाल टेलिकमको झापास्थित सुरुंगा शाखाका लेखा अधिकृत दिलीप सुवेदी ५१ दिनदेखि बेपत्ता भएका छन्। ३१ वर्षीय सुवेदी कन्काई नगरपालिका–३ स्थित कार्यालयको क्वार्टरबाट ३० भदौदेखि बेपत्ता भएको उनका बुबा नेत्रप्रसादले बताएका हुन्।

खोटाङको हलेसी–तुवाचुङ नगरपालिका स्थायी ठेगाना भएका उनी विराटनगर महानगरका–४ राजवंशी चोकमा बस्दै आएका थिए। सुवेदीको परिवारले विराटनगरमा पत्रकार सम्मेलन गर्दै खोजीका लागि प्रशासनसँग आग्रह गरेको छ।

लामो समयसम्म भाइको खोजी गर्दा पनि हालसम्म फेला पार्न नसकिएको दाजु लक्ष्मीप्रसादको गुनासो छ। खेखा अधिकृत दिलीप ३० भदौ बिहान साढे ६ बजे कार्यालयकै सुरक्षागार्ड ओमप्रकाश खरेलसँग चिया खान स्कुटरमा निस्किएका थिए। तर, त्यसपछि कहाँ गए भन्ने अत्तोपत्तो लागेको छैन।

दिलीपले चलाउने स्कुटर कार्यालयमै रहेको र चाबी, चस्मा, पर्स, एटीएम कार्ड, चप्पल, कपडालगायत कोठाभित्रै भेटिएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले बताए। उनलले बेपत्ता सुवेदीको खोजी भइरहेको जानकारी दिए।

प्रकाशित: Nov 06, 2023| 12:38 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्