बिहीबार, असार ५, २०८२

जाजरकोट भूकम्पमा ७८ बालबालिकाले ज्यान गुमाए 

भूकम्पबाट मृत्यु भएका १५७ मध्ये ७८ बालबालिका रहेका हुन्। 
 |  सोमबार, कात्तिक २०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

vianetvianet

काठमाडौं– जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गत शुक्रबार मध्यराती गएको भूकम्पमा परी मृत्यु भएकामध्ये झन्डै आधा संख्या बालबालिका रहेको पाइएको छ। प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार  भूकम्पबाट मृत्यु भएका १५७ मध्ये ७८ बालबालिका रहेका हुन्। 

जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ जना बालबालिकाको भूकम्पमा परी मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले जानकारी दिए।

उनका अनुसार दुवै जिल्लामा गरी मृत्यु हुने झन्डै आधा बालबालिका रहेका छन्। जाजरकोटमा मृत्यु भएका १०५ मध्ये बालक २७  र बालिका २३ जना रहेको रोकाले बताए। 

रुकुम पश्चिममा भूकम्पमा परी ५२ जनाको मृत्यु भएकामा २८ बालबालिकाले रहेको जिल्ला प्रहरी प्रमुख नमराज भट्टराईले जानकारी दिए। दुई जना १० महिने बालबालिकाले समेत भूकम्पमा परेर ज्यान गुमाएका छन्। 

मृत्यु हुनेमा महिला धेरै 

भूकम्पमा परी मृत्यु हुनेमा बालबालिकापछि महिला धेरै रहेका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जाजरकोटमा मृत्यु भएका १०५ मध्ये ५०, ३३ जना महिला र १८ जना पुरुषको मृत्यु भएको जाजरकोटका प्रनाउ रोकाले जानकारी दिए। रुकुम पश्चिममा १६ महिला र आठ जना पुरुषको मृत्यु भएको छ। 

प्रकाशित: Nov 06, 2023| 12:21 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्