बिहीबार, असार ५, २०८२

‘पुतली बाजे’को निधन

बेलायती नागरिक भए पनि नेपाललाई कर्मथलो बनाएका पुतली बाजेले यहाँ पाइने ६६० प्रजातिका पुतलीमध्ये करिब ५५० प्रजाति फेला पारेका थिए।
 |  सोमबार, कात्तिक २०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

vianetvianet

काठमाडौं– जन्मले बेलायती नागरिक भए पनि नेपालमा बसेर पुतलीको अध्ययन, संकलन र संरक्षणमा योगदान गरेका कलिन फिलिप स्मिथ अर्थात् ‘पुतली बाजे’ को ८७ वर्षको उमेरमा निधन भएको छ। पोखरास्थित हरियोखर्क अस्पतालमा उपचारका क्रममा शनिबार उनको निधन भएको हो। 

नेपालमा पाइने पुतली अभिलेखीकरण गर्नेमा उनको नाम पहिलो नम्बरमा आउँछ। उनले पुतलीको खोजीमा ५० वर्ष बिताए। २०२२ मा बेलायतबाट युनाइटेड मिसन टु नेपालमार्फत पढाउन नेपाल आएका थिए।

२०२३ मा हालको पृथ्वीनारायण क्याम्पस परिसरमा अन्नपूर्ण नेचुरल हिस्ट्री म्युजियममा  त्रिभुवन विश्वविद्यालयसँग ६ वर्षे सम्झौता गरेर ४० जिल्लाको भ्रमण गरी करिब २५ हजार पुतली संग्रह गरेका थिए। विश्वमा पाइने १७ हजार ५ सय प्रजातिका पुतलीमध्ये ६६० प्रजातिका भेटिएका छन्।

प्रकाशित: Nov 06, 2023| 11:56 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्