बुधबार, वैशाख १६, २०८३

कञ्चनपुरमा बेपत्ता महिला मृत भेटिइन्

शुक्लाफाँटा नगरपालिका–७ घर भएकी नारुदेवी जोशी आइतबारदेखि बेपत्ता भएकी थिइन्।
 |  सोमबार, कात्तिक २०, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

National life
kumari

काठमाडौं– कञ्चनपुरमा बेपत्ता महिला मृत अवस्थामा भेटिएकी छन्। शुक्लाफाँटा नगरपालिका–७ घर भएकी नारुदेवी जोशी आइतबारदेखि बेपत्ता भएकी थिइन्।

नारुदेवी आज बिहान मध्यवर्ती सामुदायिक वनमा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी प्रकाश डाँगीले बताए।

मृत भेटिएकी महिलाको घाँटीमा निलडाम रहेकाले हत्या आशंका गरिएको छ। घटनाबारे सूक्ष्म अनुसन्धान थालिएको डीएसपी डाँगीको भनाइ छ।

प्रकाशित: Nov 06, 2023| 11:45 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्