बुधबार, वैशाख १६, २०८३

भूकम्पले जाजरकोटमा मात्रै २१३ विद्यालयका भवन भत्किए

भूकम्पमा परेर एक शिक्षक र ११ विद्यार्थीको मृत्यु भएको छ भने दुई शिक्षक र २० जना विद्यार्थी घाइते भएका छन्।
 |  सोमबार, कात्तिक २०, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

काठमाडौं– शुक्रबार मध्यराती बारेकोट गाउँपालिका– १ रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जाजरकोटमा मात्रै २१३ वटा विद्यालयमा क्षति पुगेको छ।

National life

भूकम्पका कारण ९१ वटा विद्यालय भवन पूर्ण रुपमा ध्वस्त भएका छन् भने १२२ वटा विद्यालय भवनमा आंशिक रुपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

३६६ वटा कक्षाकोठा पूर्ण रुपमा ध्वस्त भएका छन् भने ४७६ वटा कक्षाकोठामा आंशिक क्षति पुगेको छ। विद्यालयका ४३ वटा शौचालय, ११ वटा आईसिटी, १ पुस्तकालय, ७ ठाउँमा विद्यालयका घेरबार र ४ वटा सोलार सिस्टम पूर्ण रुपमा ध्वस्त भएका छन्।

भूकम्पमा परेर एक शिक्षक र ११ विद्यार्थीको मृत्यु भएको छ भने दुई शिक्षक र २० जना विद्यार्थी घाइते भएका छन्।

प्रकाशित: Nov 06, 2023| 11:25 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्