बुधबार, वैशाख १६, २०८३

भूकम्पमा परेर रुकुम पश्चिम बाहिरी जिल्लाका तीन जनाको मृत्यु

रुकुम पश्चिममा भूकम्पमा परी तीन जना जिल्लाबाहिरका सहित ५२ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक।
 |  सोमबार, कात्तिक २०, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

रुकुम पश्चिम–रुकुम पश्चिममा भूकम्प परी जिल्ला बाहिरका तीन जना व्यक्तिको मृत्यु भएको छ। शुक्रबार राती जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट कामको सिलसिला रुकुम पश्चिमको आठविसकोट नगरपालिकमा रहेका तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो।

National life

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका मृत्यु हुनेमा बर्दियाका दुई र रोल्पाका एकजना रहेका छन्।

उनका अनुसार मृत्यु हुनेमा बर्दियाका ४७ वर्षीय खड्क विक र ३६ वर्षीय अनिल विक रहेका छन्। उनीहरुको आठविसकोट–१४ को छेपारेमा मृत्यु भएको हो। रुकुम पूर्व बस्दै आएका रोल्पाका ३० वर्षीय किस्मत पुनमगरको पनि  भूकम्पमा परी मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए।

पुनमगर पुनःनिर्माण कम्पनीको गाडी चालक थिए। रुकुम पश्चिममा भूकम्पमा परी तीन जना जिल्लाबाहिरका सहित ५२ जनाको मृत्यु भएको प्रहरीले बताएको छ।

प्रकाशित: Nov 06, 2023| 10:56 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्