बुधबार, वैशाख १६, २०८३

गाजामा मृत्यु हुनेको संख्या ९,७७० पुग्यो

 |  सोमबार, कात्तिक २०, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

गाजामा हमास शासित स्वास्थ्य मन्त्रालयले मृतकको पछिल्ललो तथ्यांक सार्वजनिक गरेक छ। सात अक्टोबरयता त्यहाँ इजरायली हमलाबाट भएको मृत्युको संख्या ९ हजार ७७० पुगेको छ। यसमा चार हजारभन्दा बढी बालबालिका छन्।

National life

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले मानवीय आधारमा केही समयका लागि युद्धविरामको कुरामा प्रगति भएको संकेत गरेका छन्। 

सात अक्टोबरमा हमासले इजरायलमाथि हमला गर्दा १४ सय मारिएका थिए भने हमासले २४० जनालाई बन्धक बनाएको छ। त्यसयता लगातार इजरायलले गाजा सहरमा आक्रमण गरिरहेको छ।

युद्ध सुरु भएको २९ दिन पुगिसकेको छ। संयुक्त राष्ट्रसंघका अनुसार गाजामा करिब १५ लाख मानिस विस्थापित भएका छन् भने ७ लाखभन्दा बढीले शिविरमा शरण लिइरहेका छन्। 
 

प्रकाशित: Nov 06, 2023| 07:49 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्