बुधबार, वैशाख १६, २०८३

दर्ता नभएका मोबाइलमा आजदेखि सिमकार्ड नचल्ने

 |  सोमबार, कात्तिक २०, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू हुँदैछ। नेपाल दूरसञ्चार प्राधिकरणले आज सोमबारदेखि एमडिएमएस प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने बताएको हो।

National life

यो प्रणाली लागु भएपछि प्रणालीमा दर्ता नभएका फोनहरू क्रमश: ब्लक हुने प्राधिकरणले स्पष्ट पारेको छ। एमडिएमएस लागू भएसँगै अवैध वा गैरकानुनी रूपमा भित्र्याइका मोबाइलमा कुनै पनि सिमकार्ड चल्ने छैन। ती फोनहरू ब्लक हुनेछन्।

प्राधिकरणले गत कात्तिक ४ गते सूचना जारी गर्दै १५ दिनभित्र सेवाग्राहीहरूलाई एमडिएमएसमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरू दर्ता गर्न भनेको थियो। सूचना जारी गरेको मितिबाट १५ दिनभित्र प्रणालीमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरूमा नियमानुसार मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुने समेत जनाएको थियो।

सोही अनुसार प्राधिकरणले आजदेखि एमडिएमएस लागू गर्न लागेको हो। सुरूमा 'हाइ रेन्ज' का मोबाइल ह्यान्डसेटमा यो लागू हुनेछ। यसमा एक लाखभन्दा महँगा फोनहरू पर्नेछन्।

प्राधिकरणले नेपाल भित्रिने हरेक मोबाइलको आइएमइआई नम्बर दर्ता गर्न अनिवार्य गरेको हो। वैध रूपमा अर्थात् सरकारलाई भन्सार तिरेर भित्र्याइएका फोनको आइएमइआई नम्बर प्राधिकरणमा दर्ता गरिएको हुन्छ। यस्ता फोन स्वतः एमडिएमएस प्रणालीमा पनि दर्ता हुन्छन्।

kumari

आफ्नो फोन एमडिएमएसमा दर्ता भएको छ वा छैन भन्ने एमडिएमएसको आधिकारिक पोर्टलमा गएर हेर्न सकिन्छ। यसका लागि आवश्यक मोबाइलको आइएमइआई नम्बर किप्याडमा गएर *#०६# डायल गरेर पत्ता लगाउन सकिन्छ।

अथवा ह्यान्डसेट नयाँ छ भने त्यसको आइएमइआई नम्बर प्राधिकरणको वेबसाइटमा गएर दर्ता गर्न सकिन्छ।

प्रकाशित: Nov 06, 2023| 07:35 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्