बिहीबार, माघ २२, २०८२

भारतले दक्षिण अफ्रिकालाई २४३ रनले हरायो

 |  आइतबार, कात्तिक १९, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

काठमाडौं- घरेलु टिम भारतले दक्षिण अफ्रिकाविरुद्ध २४३ रनको फराकिलो जित निकाल्दै आईसीसी ट्वान्टी–२० विश्वकपमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ। 

National life

आइतबार कोलकातास्थित इडेन गार्डेनमा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको ३२७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिका २७.१ ओभरमा ८३ रनमै समेटियो।

भारतीय बलरसामु निरीह देखिएका दक्षिण अफ्रिकी ब्याटर कोही पनि जम्न सकेनन्। मार्को जान्सेनले १४ र रसी भान डेर डुसेनले १३ रन जोड्दा कप्तान टेम्बा बवुमा र डेविड मिलरले समान ११ रन बनाए। यसबाहेक, अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न भारतका रविन्द्र जडेजाले पाँच विकेट लिए। कुलदीप यादव र मोहम्मद सामीले समान दुई विकेट लिए। मोहम्मद सिराजको नाममा एक विकेट रह्यो।

त्यसअघि टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ३२६ रनको योगफल खडा गरेको थियो।

Laxmi sunrise bank

भारतका विराट कोहलीले अविजित १०१ रन बनाए। आजै ३५औँ जन्मदिन मनाएका विराटले १२१ बलमा १० चौका प्रहार गरे। श्रेयस ऐयरले ७७ रन थपे। कप्तान रोहित शर्माले ४०, रविन्द्र जडेजाले २९, सुभमन गिलले २३ र सूर्यकुमार यादवले २२ रन जोडे।

दक्षिण अफ्रिकाका लुंगी एन्गिडी, मार्को जान्सेन, कगिसो रबाडा, केशब महारेज र तबरेज साम्सीले समान एक विकेट लिए।

प्रकाशित: Nov 05, 2023| 22:02 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्