बिहीबार, असार ५, २०८२

घाइते र कुरुवालाई हवाई भाडा नलाग्ने

 |  आइतबार, कात्तिक १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

vianetvianet

नेपाल वायुसेवा निगमले भूकम्प प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते र उनीहरुका कुरुवाको हवाई भाडा नलिने निर्णय गरेको छ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भैँचालो प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते र तिनका कुरुवाको हवाई भाडा निगमको सामाजिक उत्तरदायित्वअन्तर्गत बेहोर्ने निर्णय गरेको छ।

सरकारसँगको समन्वयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट प्राप्त हुने राहत सामग्रीसमेत विमानको क्षमता र स्थान उपलब्धताका आधारमा निःशुल्क ढुवानी गरिनेछ। निगमले शनिबार भूकम्प प्रभावित क्षेत्रबाट घाइतेहरुलाई नेपालगञ्ज र काठमाडौँसम्म उद्धार गरेको थियो। 

    
 

प्रकाशित: Nov 05, 2023| 21:33 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्