बुधबार, वैशाख १६, २०८३

विपद्को  सूचनामा संवेदनशील बन्‍न प्रेस काउन्सिलको आग्रह

 |  आइतबार, कात्तिक १९, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

काठमाडौं- प्रेस काउन्सिल नेपालले प्राकृतिक विपद्‌का समयमा गरिने सूचना सम्प्रेषण संवेदनशील प्रकृतिको हुने भएकाले गलत सूचना र सन्देश प्रवाह नगर्न सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ।

National life

युट्युबलगायत सामाजिक सञ्जाल र केही अनलाइन सञ्चारमाध्यमबाट जाजरकोट भूकम्पका बीभत्स दृश्य तथा तस्बिरसहितका सन्देश  पुष्टि  नगरिकन  प्रवाह भएको पाइएकाले काउन्सिलले आफ्नो  ध्यानाकर्षण भएको जनाएको हो।  

काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा ‘को पहिला हुने’ भन्ने होडबाजीमा आधिकारिक तथ्य पुष्टि नगरिकन  मानवीय संवेदनामा खलल पुग्ने र विपत्ति वा शोकमा परेका व्यक्ति र आफन्तजनमा थप पीडा पुग्ने गरी मृतक तथा घाइतेको वीभत्स दृश्य र तस्बिर सम्प्रेषण नगर्न, नगराउन भनिएको छ। 

‘मृतक एवं घाइतेको विवरण प्रस्तुत गर्दा संवेदनशील भई गोपनियताको सम्मान गर्न आम सञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, युट्युबलगायत सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा प्रेस काउन्सिल नेपाल हार्दिक आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएको छ। 

शुक्रबार राति ११:४७ बजे जाजरकोट रामीडाँडा आसपास केन्द्रबिन्दु बनाएर गएको छ दशमलव चार म्यागनिच्युडको भूकम्पका कारण  भएको मानवीय र भौतिक क्षतिप्रति काउन्सिलले दुःख व्यक्त पनि गरेको छ।

kumari

प्रकाशित: Nov 05, 2023| 18:47 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्