शनिबार, असोज ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  •  भूकम्प प्रभावित क्षेत्रमा सशस्त्रले पठायो ‘डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर’

 भूकम्प प्रभावित क्षेत्रमा सशस्त्रले पठायो ‘डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर’

 |  आइतबार, कात्तिक १९, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

काठमाडौं- सशस्त्र प्रहरी बल नेपालद्वारा टेन्टसहित तीनवटा ‘डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर’ भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ। 

Kumaribank

सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सरक्षा फौज आज तीनवटा कन्टेनरमा १० हजार सात सय थान त्रिपाल लिएर रुकुम पश्चिमका लागि आज प्रस्थान गरेको हो। 

उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार उपत्यका गणमा रहेको सात सय थान र नम्बर २२ गुह्वेश्वरी गणमा रहेको १० हजार थान त्रिपाल लिएर तीनवटा कन्टेनर प्रभावित क्षेत्रतर्फ गएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले राससलाई जानकारी दिए। 

यसअघि भूकम्प प्रभावितका लागि आवश्यक सामग्रीसहित दाङबाट रुकुम पश्चिमका लागि र सुर्खेतबाट जाजरकोटका लागि दुईवटा डिजास्टर रेस्पोन्स सिस्टम (डिआरएस) कन्टेनर पठाइसकिएको उनले बताए।

अहिले पनि सशस्त्र प्रहरीका पाँच सयभन्दा बढी जनशक्ति भुकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा सक्रिय छन्। नेपाल प्रहरीका एक हजारभन्दा बढी जनशक्ति परिचालित छन्।

Metro Mart

प्रकाशित: Nov 05, 2023| 19:20 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्