बुधबार, वैशाख १६, २०८३

रुकुम पश्चिममा भूकम्पबाट २ हजार १३६ घर पूर्ण क्षति

 |  आइतबार, कात्तिक १९, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

रुकुम पश्चिम- रुकुम पश्चिममा भूकम्पले २ हजार १३६ घर पूर्ण क्षति भएका छन्। २ हजार ६४२ आंशिक र ४ हजार ६७० सामान्य क्षति भएका छन्। 

National life

जिल्ला प्रशासन कार्यालय रुकुमका अनुसार प्रारम्भिक विवरणमा रुकुममा २ अर्बभन्दा बढीको क्षति भएको देखिएको छ। हालसम्म घाइते भएका ३०९ मध्ये १८१ डिस्चार्ज भएका छन्। २७ गम्भीर बिरामीको काठमाडौं, सुर्खेत, नेपालगन्जमा उपचार भइरहेको छ। हालसम्म ५२ को मृत्यु भएको सीडीओ हरिप्रसाद पन्तले बताएका छन्।

सरोकारवाला र प्रभावितले राहत पर्याप्त नपुगेको गुनासो गरेका छन्।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १ सय ५७ जनाको मृत्यु भएको छ। भूकम्पमा परी दुई सयभन्दा बढी घाइते भएका छन् भने स्थानीयवासीका हजारौँ घरगोठलगायत भौतिक संरचनामा क्षति पुगेको छ।

प्रकाशित: Nov 05, 2023| 18:25 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्