बुधबार, वैशाख १६, २०८३

जाजरकोट भूकम्पपछि साना-ठूला ३३९ परकम्प मापन

 |  आइतबार, कात्तिक १९, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

काठमाडौं- जाजरकोटमा गत शुक्रबार राति गएको भूकम्पछि निरन्तर परकम्प गइरहेको छ।

National life

शुक्रबारको भूकम्पयता आइतबार अपराह्न ४:१० बजेसम्म ३३९ परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूगर्भविद् चिन्तन तिम्सिनाले जानकारी दिएका छन्।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। जसले ठूलो जनधनको क्षति भएको छ।

केन्द्रका अनुसार ६.४ म्याग्निच्युडको भूकम्पपछि शुक्रबारै राति १२ बजेर ८ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ४.५, सोही राति १२ बजेर २९ मिनेटमा जाजरकोटमै ४.२, शुक्रबारै राति १२ बजेर ३५ मिनेटमा जाजरकोटमै ४.३ म्याग्निच्युडको परकम्प मापन गरिएको थियो। 

हालसम्म भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ भने २५७ भन्दा बढी घाइते भएका छन्। घाइतेको नेपालगन्ज र काठमाडौंका विभिन्‍न अस्पतालमा उपचार भइरहेको छ। 

kumari

प्रकाशित: Nov 05, 2023| 17:53 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्