बिहीबार, असार ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • अनुदानमा हिनामिना गरेको भन्दै लुम्बिनी प्रदेश सचिव अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अनुदानमा हिनामिना गरेको भन्दै लुम्बिनी प्रदेश सचिव अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 |  आइतबार, कात्तिक १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

vianetvianet

काठमाडौं- लुम्बिनी प्रदेशका तत्कालीन भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव बैकुण्ठ अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

आर्थिक वर्ष २०७५/०७६ मा विभिन्न कृषि समूह, सहकारी र संस्थामार्फत् कम क्षमता र गुणस्तरका उपकरण वितरण गरी अनुदान हिनामिना गरेको पाइएपछि अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको हो।

अख्तियारले अनुसन्धान गर्दा तत्कालीन प्रदेश सचिव अधिकारीले सम्झौताबमोजिम खरिदसम्बन्धी सम्पूर्ण कागजात अध्ययन र स्थलगत अनुगमनसमेत नगरी/नगराई भुक्तानी सम्बन्धी टिप्पणी सदर गरेको पाइएको छ। सम्झौताभन्दा भिन्ने गुणस्तर र ब्राण्डको मिनिटिलर खरिद र आपूर्तिकर्तालाई भुक्तानी गरी प्रदेश सरकारलाई एक करोड ३१ लाख ६० हजार रुपैयाँ बदनियतपूर्वक हानि पुर्‍याई भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।

सोही विषयमा तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख श्रीधर ज्ञवाली र कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपालीलाई पनि अख्तियारले भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ।

यस्तै, आपूर्तिकर्ता आधुनिक कृषि किसान संसार प्रालि भरतपुरका प्रबन्ध निर्देशक राजाराम तिवारीले सम्झौतामा उल्लेख भएबमोजिम गुणस्तर र ब्रान्डको मिनिटिलर खरिद नगरी कम गुणस्तर र ब्रान्डको मिनिटिलर उपलब्ध गराएको र प्रदेश सरकारलाई बदनियतपूर्वक एक करोड ३१ लाख ६० हजार हानि पुर्‍याई भुक्तानी लिएको अख्तियारको ठहर छ।


उनीहरु सबैविरुद्ध बिगो जनही १ करोड ३१ लाख ६० हजार रुपैयाँ कायम गरी सजाय हुनुपर्ने अख्तियारको दाबी छ। 

 

प्रकाशित: Nov 05, 2023| 17:48 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्