बुधबार, वैशाख १६, २०८३

साइबर ब्युरोको सोधपुछपछि छुटे दुर्गा प्रसाईं 

 |  आइतबार, कात्तिक १९, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग नेपाल प्रहरीको साइबर ब्यूरोले सोधपुछपछि छाडेको छ। उनले सामाजिक सञ्जालमार्फत शीर्ष नेताको चरित्र हत्या गर्नेगरी अभिव्यक्ति दिएको भन्दै उजुरी परेपछि उनलाई प्रहरीले सोधपुछका लागि हाजिर हुन भनेको थियो। 

National life

साइबर ब्युरोमा हाजिर हुन सूचना पाएपछि उनी उपस्थित हुन नमानेपछि प्रहरीले पक्राउ गर्ने तयारी गरेको थियो। पक्राउको सूचना पाएपछि उनी आइतबार साइबर ब्युरोमा पुगेका हुन्। 

उनले विभिन्न सञ्चार माध्यममा दिएको विवादास्पद अभिव्यक्तिपछि प्रहरीले बोलाएको थियो। प्रसाईंलाई केहीदिनअघि काठमाडौंको एक कार्यक्रममा सहभागी हुँदा मोसो समेत छ्यापिएको थियो।

पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरूप्रति आक्रमक अभिव्यक्ति दिँदै हिँडेका प्रसाई मंसिर अन्तिम सातादेखि बैंकहरूविरुद्ध आन्दोलनमा उत्रने बताउँदै आएका छन्।
 

प्रकाशित: Nov 05, 2023| 17:45 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्