बिहीबार, असार ५, २०८२

कांग्रेसका ९८ सांसदले आधा महिनाको तलब भूकम्प पीडितलाई दिने

 |  आइतबार, कात्तिक १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

vianetvianet

नेपाली कांग्रेसका संघीय संसद् सदस्यहरूले जाजरकोट भूकम्पबाट पीडितहरूको राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा महिनाको तलब बराबरको रकम सहयोग गर्ने भएका छन्। कांग्रेस संसदीय दल कार्यसमितिको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो।

बैठकले भूकम्पमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, उपचार, राहत र पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण पनि गराएको छ।

संसदीय दलका नेता एवं सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले संघीय संसद् सदस्यका तर्फबाट १५ दिनको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

कांग्रेसका प्रतिनिधि सभामा ८८ जना र राष्ट्रिय सभामा १० जना गरी ९८ जना सांसद छन्।

प्रकाशित: Nov 05, 2023| 16:17 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्