बिहीबार, असार ५, २०८२

चार जनाको हत्या भएको मुगु घटना: घटनास्थल पुग्यो सीआईबीको टोली

 |  आइतबार, कात्तिक १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

vianetvianet

कात्तिक ८ गते मुगुको छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा सामूहिक हत्या गरिएको घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली घटनास्थल पुगेको छ। डीएसपी धर्म भण्डारी नेतृत्वको चार सदस्यीय  टोलीले मुगु पुगेर घटनाको अनुसन्धान सुरु गरेको छ।

सीआईबी पुग्नुअघि सुर्खेतबाट दुई टोली र जुम्लाबाट गएको प्रहरीको एक टोलीले अनुसन्धान गरिरहेको थियो। घटनास्थलको अनुसन्धानमा गएको कुकुरसहितको टोली भने नेपालगञ्ज फर्किसकेको छ।

घटनाको अनुसन्धानमा सीआईबी टोली खटिएपछि पीडित परिवारले पनि अनुसन्धान निष्कर्षमा पुग्ने आशा गरेको छ। नौ दिन बितिसक्दा पनि घटनाको दोषी पत्ता नलाग्दा पीडित परिवार निराश छ।

घटनाका बारेमा विस्तृत बुझ्नका लागि डीआईजी भीमप्रसाद ढकाल पनि मुगु पुगेका थिए। आफन्तले दोषी पत्ता नलगेसम्म शव नबुझ्ने अडान लिए पनि प्रहरीले जसरी पनि घटनामा संलग्न व्यक्तिलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएपछि कात्तिक १७ गते सामूहिक दाहसंस्कार गरिएको थियो।

मृतक श्रीदेवीका श्रीमान् दीपक किरिया बसेका छन्। कात्तिक ८ गते भएको घटनाको जानकारी प्रहरीले त्यसको दुई दिनपछि १० गते बिहानमात्रै पाएको थियो। घटनास्थल पुगेको प्रहरीले २८ वर्षीय श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अप्सरा र ८ महिनाका छोरा रहर बोहोरालाई घरभित्रै मृत अवस्थामा फेला पारेको थियो।

वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोरा घर पुगेपछि सोही दिन प्रहरीले चारै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगु पुर्‍याएको थियो।

प्रकाशित: Nov 05, 2023| 15:32 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्