बुधबार, वैशाख १६, २०८३

माइती घर हिँडेकी भक्ति परियार खोलामा मृत भेटिइन्

बिहीबार माइती घर नेत्रवति डवजोङ गाउँपालिका–४ थर्पु जान्छु भनी हिँडे पनि नपुगेपछि खोजी गर्ने क्रममा थोपल खोला किनारामा उनको शव फेला परेको हो।
 |  आइतबार, कात्तिक १९, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

National life
kumari

काठमाडौं– माइती घर जान भनेर पराई घरबाट हिँडेकी धादिङको नीलकण्ठ नगरपालिका–१४ रातमाटेकी ५२ वर्षीया भक्ति परियार सोही नगरपालिकामा रहेको थोपल खोला किनारामा मृत अवस्थामा फेला परेकी छन्।

बिहीबार माइती घर नेत्रवति डवजोङ गाउँपालिका–४ थर्पु जान्छु भनी हिँडेकामा माइती घर नपुगेपछि खोजी गर्ने क्रममा थोपल खोला किनारामा उनको शव फेला परेको हो। 

यस्तै, दाङको गढवा गाउँपालिका–५ गोठरीस्थित कोइलावास जाने बाटोदेखि करिब ६० मिटर टाढा हाल नाम, थर, वतन नखुलेको पुरुष  शनिबार मृत अवस्थामा फेला परेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

प्रकाशित: Nov 05, 2023| 14:22 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्