बिहीबार, असार ५, २०८२

जाजरकोट भूकम्पः ३ हजार ७७० घर भत्किए

सबैभन्दा बढी जाजरकोटमा २ हजार ६८५ घरमा आंशिक क्षति पुगेको छ भने ९०५ घर पूर्ण रुपमा ध्वस्त भएका छन्।
 |  आइतबार, कात्तिक १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

vianetvianet

काठमाडौं– जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राती गएको भूकम्पबाट सात  जिल्लाका ३ हजार ७७० घरमा क्षति भएको छ। तीमध्ये २ हजार ८३८ घरमा आंशिक क्षति भएको छ भने ९३२ घर पूर्ण क्षति भएको गृह मन्त्रालयले तथ्यांक सार्वजनिक गरेको हो।

मन्त्रालयका अनुसार सबैभन्दा बढी जाजरकोटमा २ हजार ६८५ घरमा आंशिक क्षति पुगेको छ भने ९०५ घर पूर्ण रुपमा ध्वस्त भएका छन्। यस्तै, रुकुम पूर्वमा १९ घरमा आंशिक क्षति पुगेको छ।

सल्यानमा ९७ वटा घरमा आंशिक र २५ घरमा पूर्ण क्षति पुगेको मन्त्रालयको तथ्यांक छ। नवलपरासी पूर्वमा एउटा घरमा क्षति पुगेको छ भने दैलेखमा एउटा घरमा पूर्ण र एउटा आंशिक क्षति भएको छ।

मन्त्रालयका अनुसार बैतडीमा एउटा घर भत्किएको छ भने प्युठानमा २९ वटा घरमा आंशिक क्षति पुगेको छ। भूकम्पका कारण ११ वटा जिल्ला प्रभावित भएको मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाको तथ्यांकमा उल्लेख छ।

भूकम्पमा परेर हालसमम १५७ जनाको मृत्यु भएको छ भने २५६ घाइते भएको सरकारी तथ्यांक छ। भूकम्पमा परेर मृत्यु हुनेमा सबैभन्दा जाजरकोटका १०५ जना छन्। दोस्रोमा रुकुम पश्चिमका ५२ जनाको मृत्यु भएको छ।

प्रकाशित: Nov 05, 2023| 14:06 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्