बिहीबार, असार ५, २०८२

भारतबाट घर आएकै दिन एकै परिवारका चार जनाको मृत्यु

दलित समुदाय बाहुल्यको बस्तीमा भूकम्पका कारण ४ महिला, ९ पुरुष र ५ बालबालिकाले ज्यान गुमाएका हुन्।
 |  आइतबार, कात्तिक १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

vianetvianet

काठमाडौं– जाजरकोटको नलगाड नगरपालिका–१ मा रहेको चिउरी बस्तीमा शुक्रबार राती गएको भूकम्पमा परी १३ जनाले ज्यान गुमाएका छन्। दलित समुदाय बाहुल्यको बस्तीमा भूकम्पका कारण ४ महिला, ९ पुरुष र ५ बालबालिकाले ज्यान गुमाएका हुन्।

शुक्रबार दिउँसो मात्रै भारत रोजगारीबाट आफ्नो घर चिउरी बस्ती आइपुगेका ५० वर्षीय  हिरा कामीसहित भूकम्पमा परेर श्रीमती, दुई छोरा (माइलो र कान्छो) को पनि मृत्यु भयो।

जेठा छोरा भारतमै छन् भने कान्छी छोरीको अस्पतालमा उपचार भइरहेको छ। उनी भूकम्पमै परेर घाइते भएकी हुन्। शुक्रबार रातीको भूकम्पपछि ज्यान गुमाएका चिउरी बस्तीका १३ जनाकै भेरी नदीमा सामूहिक दाहसंस्कार गरिएको छ। 

दाहसंस्कार स्थल पुगेका कर्णाली प्रदेश सरकारका अर्थमन्त्री वेदराज सिंहले पीडित परिवारका राहतका लागि पहल भइरहेको आश्वासन दिए।

प्रकाशित: Nov 05, 2023| 13:43 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्