बिहीबार, असोज २, २०८२

तरुण दलको रक्तदान भूकम्पपीडितमा समर्पित

तरुण दलको केन्द्रीय कार्यसमितिले सूचना जारी गर्दै भूकम्पबाट घाइते भएकाको उपचारमा सहयोग गर्न  रक्तदान गर्न लागिएकोे जनाएको हो।
 |  आइतबार, कात्तिक १९, २०८०
machha bankmachha bank

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं–सत्तारुढ कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै रगत अभाव हुन नदिन २० कात्तिकमा भृकुटीमण्डप परिसरमा खुला रक्तदान कार्यक्रम गर्ने भएको छ। 

तरुण दलको केन्द्रीय कार्यसमितिले सूचना जारी गर्दै भूकम्पबाट घाइते भएकाको उपचारमा सहयोग गर्न  रक्तदान गर्न लागिएकोे जनाएको हो।

बिहान ११ बजेदेखि सुरु हुने रक्तदान दिनभर जारी रहने केन्द्रीय सदस्य सरोज न्यौपानेले बताए। उनले भने, ‘रगत अभाव भएकाले हामीले आफ्नो तर्फबाट त्यसलाई कम गर्न प्रयास गर्दै छौं। सबै युवालाई रक्तदानका लागि आग्रह गरेका छौं।’ रक्तदानमा काठमाडौं उपत्यकामा रहेका विद्यार्थी, युवा सहभागी हुने विश्वास केन्द्रीय सदस्य न्यौपानेको छ।

प्रकाशित: Nov 05, 2023| 13:26 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्